डडेल्धुरा कांग्रेसबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भट्टको घोषणा

dream cafe
learnar

डडेल्धुरा : नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा आफू उम्मेदवार बन्ने स्पष्ट पारेका हुन्।

Ird

भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।”

HARDIK AGRo NEw

उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अघि सार्ने विश्वास व्यक्त गरेका छन्।

जनताको मन र मत जितेर सेवकका रूपमा काम गर्ने दृढ संकल्प रहेको उल्लेख गर्दै भट्टले डडेल्धुरावासीले अत्यधिक मत दिएर आफ्नो विश्वासलाई जीवित राख्ने अपेक्षा गरेको बताएका छन्।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भट्टले डडेल्धुरामा दुई अर्ब रुपैयाँभन्दा बढी बजेट रोकिएको विषयमा सरकारलाई खबरदारी गर्ने अभियानको नेतृत्व समेत उनले गरेका थिए।

पेशाले सिभिल इन्जिनियर रहेका भट्टले बीई सिभिल इन्जिनियरिङ र वाटर रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्।

इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्ट नेपाली काँग्रेसभित्रको काँग्रेस सुधार अभियान (U-40) मा आबद्ध हुँदै युवा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिका रूपमा समेत चिनिन्छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.