बोहरा मेडिको सेन्टर

डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला अदालतमा आज एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।

यही माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

CNA

जिल्ला अदालत डडेल्धुराबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कामकाज अगाडि बढाउनेछ। जिल्ला न्यायाधीश अरुणकुमार कोइरालालाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ।

GBL NEW

मुख्य निर्वाचन अधिकृत कोइरालाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे।

‘म एक्लैले गर्न सक्दैन, यो सबैको सहयोगमा मात्र सम्भव छ। कुनै पनि पक्षमा लागेर काम गर्दैन। कानुन, संविधान र निर्देशिकाले निर्दिष्ट गरे अनुसार गर्ने हो,’ उनले भने।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोइराला, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।

कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने, चुनाव चिह्न प्रदान, निर्वाचन आचारसंहिता पालना गरे\नगरेको अनुगमन गर्नेछ। डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.