डडेल्धुरामा अवैधरुपमा राखिएका हतियार बुझाए कारवाही नहुने

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा अवैधरुपमा राखिएका हतियार बुझाए कारवाही नहुने भएको छ।

समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको हो।

Amargadhi Education

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न, गराउन जिल्ला स्थित कुनै व्यक्ति तथा समूहहरूसँग अवैध रुपमा रहेका हातहतियार खरखजना बुझाउन उक्त कार्यालयले सूचित गरेको हो।

अजयमेरु फाैजी केरा

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले माघ १८ गतेसम्म अवैध रुपमा रहेका हातहतियार खरखजना जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेका छन्।

तोकिएको समयभित्र हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने उनको चेतावनी छ।

कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको पाइएकाले तोकिएको समयमै त्यस्ता सामान बुझाउन उक्त कार्यालयले सूचित गरेको बताइन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.