उनेपामा विभाजन संकेत, दोस्रो वरियताका नेता जोशी रास्वपामै रहने अडानमा

dream cafe
learnar

डडेल्धुरा:  उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताको पक्षमा आफू रहेको बताएका छन्।

उज्यालो नेपालले रास्वपासँगको एकता भंग भएको जनाउँदै कुलमान घिसिङलाई पार्टी अध्यक्ष घोषणा गर्ने निर्णय गरेलगत्तै डा. जोशीले रास्वपासहितका नेताहरूसँग छलफल गरेका हुन्।

Bohora madico
HARDIK AGRo NEw

छलफलका क्रममा उनले उज्यालो नेपालका १५ देखि २० जना केन्द्रीय तथा सक्रिय सदस्यहरू एकताको पक्षमा उभिने जानकारी दिएको उनीनिकट स्रोतले जनाएको छ।

डा. जोशी उज्यालो नेपाल पार्टीमा अध्यक्षपछि केन्द्रीय सदस्यको दोस्रो वरीयतामा रहेका नेता हुन्।

जोशी सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन्।  उनी  डडेल्धुराबाट स्वतन्त्र निर्वाचित भएका थिए

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.