डडेल्धुरामा लागूऔषध विरुद्धको प्रदेश स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम

dream cafe
learnar

डडेल्धुरा : लागूऔषध विरुद्धको प्रदेश स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ।

आज (शुक्रबार) सुदूरपश्चिम प्रदेश युवा परिषदको आयोजना तथा  माउन्टेन इङ्गलिस बोर्डिङ स्कुलको समन्वयमा  उक्त कार्यक्रम  आयोजना गरिएको हो।

Amargadhi Education

‘हाम्रो अभियान, हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा माउन्टेन इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीले सदरमुकाममा चेतनामूलक र्‍याली समेत निकालेका थिए।

अजयमेरु फाैजी केरा

 कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

अभिमुखीकरणमा सहभागीले लागूऔषधका कारण स्वास्थ्य, पढाइ र भविष्यमा पर्ने नकारात्मक प्रभावबारे आफ्नो धारणा राखेका थिए।

पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले लागूऔषधले व्यक्ति मात्रै नभएर समाजसम्मै यसको असर परिरहेको बताए।

अमरगढीका मेयर जोशीले लागूऔषधले व्यक्तिगत जीवन मात्र नभएर परिवार र समाजलाई समेत गम्भीर असर पार्ने भन्दै यसको नियन्त्रणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए।

सुदूरपश्चिम प्रदेश युवा परिषदका उपाध्यक्ष गजेन्द्र साउदले पछिल्लो समय विद्यालय तहदेखि नै लागू औषधको जोखिम बढ्दै गएको उल्लेख गर्दै समयमै सचेतना फैलाउन यस्तो अभियान सुरु गरिएको जिकीर गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.