डडेल्धुरामा फार्मेसीको संयुक्त अनुगमन, अस्पतालसहित ६ फार्मेसी जाँच

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराको नेतृत्वमा जिल्लाका विभिन्न फार्मेसीमा संयुक्त अनुगमन गरिएको छ।

अनुगमन टोलीले डडेल्धुरा अस्पतालको फार्मेसी, अस्पताल प्रशासन भित्र रहेको साझा फार्मेसीसहित कुल ६ वटा फार्मेसीको निरीक्षण गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

डडेल्धुरा अस्पतालको फार्मेसीमा विगतमा एक्सपायर भएको औषधि फेला परेको गुनासो आएपछि अनुगमन गरिएको जनाइएको छ।

यद्यपि, आज गरिएको अनुगमनका क्रममा कुनै पनि एक्सपायर औषधि फेला नपरेको सहायक प्रमुख जिल्लाअधिकारी अमरबहादुर वलीले जानकारी दिए।

अनुगमन टोलीले औषधिको म्याद, भण्डारण अवस्थाको विषयमा समेत जाँच गरेको थियो।

नियमित अनुगमनलाई निरन्तरता दिइने प्रशासनको भनाइ छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.