बोहरा मेडिको सेन्टर

अर्को वर्षदेखि एमबीबीएस पढाउने लक्ष्यसहित गेटा विश्वविद्यालयले पायो उपकुलपति

dream cafe
learnar

डडेल्धुरा : कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले अन्ततः पहिलो उपकुलपति र रजिस्ट्रार पाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार बसेको विश्वविद्यालयको दोस्रो सिनेट बैठकले उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई नियुक्त गरेको हो।

CNA

शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले सिफारिस समितिबाट आएका नाम स्वीकृत गरेसँगै चार वर्षदेखि रिक्त रहेका पदमा नियुक्ति भएको हो। विश्वविद्यालयको भौतिक संरचना भने २०७८ सालमै निर्माण सम्पन्न भएको थियो।

GBL NEW

उपकुलपतिमा नियुक्त प्रा.डा. जोशी विगत २४ वर्षदेखि काठमाडौँ मेडिकल कलेजमा कार्यरत छन्। त्यस्तै, रजिस्ट्रार नियुक्त डा. खेमराज जोशी पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका पूर्व डिन हुन्।

गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन प्रमाणीकरण गरेका थिए। सो ऐन साउन २ गतेदेखि लागू भएसँगै उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो।

ऐनअनुसार गत असोज अन्त्यतिर उपकुलपति तथा रजिस्ट्रार सिफारिस समिति गठन गरिएको थियो। समितिले कात्तिक १५ गते पहिलो पटक सूचना प्रकाशित गरे पनि एक जनाको पनि आवेदन परेन। त्यसपछि कात्तिक ३० गते दोस्रो पटक दरखास्त आह्वान गरिएको थियो तर पुनः आवेदन परेन।

दुई पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत उपकुलपति बन्न चाहने व्यक्तिलाई सम्पर्कमा आउन आह्वान गरेका थिए। त्यसपछि समितिले २३ मंसिरमा पाँच दिनको म्याद दिँदै तेस्रो पटक सूचना जारी गरेको थियो। तेस्रो पटकको सूचनामा दुई जनाको मात्र आवेदन परेको थियो।

शिक्षामन्त्री पुनले छनोट समितिले सिफारिस गरेका नाम आफूले स्वीकृत गरेको जानकारी दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.