बोहरा मेडिको सेन्टर

प्रदेशमा हारेका एमालेका पठानसिंह संघ ताक्दै, अरु कोको भए सिफारिस ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा डडेल्धुरामा एमालेबाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।

एमाले डडेल्धुराको आज बसेको बैठकले उनको नाम सिफारिस गरेको हो।

CNA
GBL NEW

बोहरा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री हुन्।

उनी २०७९ को प्रदेश सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्र हालको नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टसँग पराजित भएका थिए।

बोहरासँगै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधान सभा सदस्य ज्ञानु गैरे र पूर्व राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीको नाम पनि सिफारिस भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.