डडेल्धुरामा एम्बुलेन्स र बाइक ठोक्किए, दुई जना घाइते

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एम्बुलन्स र बाइक ठोक्किँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा बाइक चालक नवदुर्गा गाउँपालिका ४ का ४५ वर्षीय कर्णबहादुर बोहोरा र पछाडि सवार सोही ठाउँका ४२ वर्षीय कृति बिष्ट रहेका छन्।

Bohora madico
HARDIK AGRo NEw

बिष्टको टाँउकोमा चोट लागेको छ भने बोहराको घुँडामा चोट लागको छ। दुबै जनाको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

आज बेलुकी नवदुर्गा गाउँपालिका १ अशुर्पास्थित बेलापुर पक्की सडक खण्डमा डडेल्धुरादेखि बेलापुर तर्फ जादै गरेको से ७ प ७२५३ नम्बरको मोटरसाइकल र सुपप्र ०४ ००१ झ ००१४ नम्बरको नवदुर्गा गाँउपालिकाको एम्बुलेन्स एक आपसमाा ठोक्किएका हुन्।

एम्बुलेन्स सोही ठाउँका ४३ वर्षीय जयबहादुर साउदले चलाइ रहेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.