बोहरा मेडिको सेन्टर

डडेल्धुरामा मनाइयो च्याउ दिवस

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा प्रथम च्याउ दिवस मनाइएको छ।

आज बुधबार एक कार्यक्रमकाबीच कृषि ज्ञान केन्द्र डडेल्धुराले प्रथम च्याउ दिवस मनाएको हो।

CNA

कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले च्याउको बारेमा जानकारी दिएका थिए। सरकारले यो वर्षदेखि हरेक वर्ष पुस १५ गते ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ।

हिजो सार्वजनिक बिदा परेकोले आज मनाइएको हो।

GBL NEW

ज्ञान केन्द्रका प्रमुख पनेरुले जिल्लामा ११ जना कृषकले व्यावसायीक रुपमा च्याउ खेती गरिरहेको जानकारी दिए। उनकाअनुसार यहाँ वार्षिक ६ हजार सातसय क्विन्टल च्याउ उत्पादन हुन्छ।

‘कम लगानीमा उच्च आमदानी हुन्छ। स्वास्थ्यको लागि पनि पाइदाजनक छ, उनले भने, ‘हामीहरुले पनि कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छौं।’

डडेल्धुरामा खासगरी कन्ये, गोव्रे र सिताके च्याउँ उत्पादन हुँदै आएको छ। च्याउ खेती गरिरहेका गन्यापधुरा गाउँपालिका १ का कृषक प्रसाददत्त अवस्थीले च्याउबाट मनग्य आमदानी गरिरहेको जानकारी दिए।

एक लाख लगानी गरेर डेढ–दुई लाख आमदानी गर्न सकिने उनी बताउँछन्। च्याउ धनगढी सम्म बिक्रि गरेको अनुभव उनले सुनाए।

अर्का कृषक हिरा भण्डारी च्याउ खेती सहज भनेपनि सबैले गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘सबैले गर्न सक्दैनन्। रोगकिराको समस्या नि हुन्छ।’

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लामा हाट बजार नहुँदा कृषकहरुको उत्पादनले स्थान नपाएको बताए। उनले बजारीकरणका लागि हाट बजार आवश्यक रहेको बताउँदै उक्त कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.