अजयमेरु गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि सहस्त्रलिङ्ग मावि चमडालाई

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिकास्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विभिन्न खेलकुदका इभेन्टमार्फत विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिएको थियो।

Bohora madico
HARDIK AGRo NEw

प्रतियोगितामा १८ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित सहस्त्रलिङ्ग माध्यमिक विद्यालय, चमडा प्रथम भएको छ।

त्यस्तै ९ स्वर्ण, १० रजत र ३ कास्यसहित मणिलेक माध्यमिक विद्यालय, चिपुर द्वितीय र ४ स्वर्ण, ४ रजत र ७ कास्य सहित बालकल्याण माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितातामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र पदक वितरण गरिएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.