डडेल्धुराको आलितालमा जीप र अटो ठोक्किँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–४ जालिटुडा नजिक बुडर–जोगबुढा सडक खण्डमा जीप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

आज राति ८:३० बजेतिर जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको म १ च ४४१ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको भि.न.पा ००१ ह ४०८ नम्बरको अटो एक–आपसमा ठोक्किएका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

दुर्घटनामा अटोमा सवारमध्ये परशुराम नगरपालिका–१० जजोला बस्ने २६ वर्षीय रामबहादुर बराल मगरलाई गम्भीर चोट लागेपछि उपचारका लागि जोगबुढा अस्पताल पुर्‍याइएकाेमा चिकित्सकले मृत घोषणा गरेका छन्।

त्यस्तै अछाम पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापा मगरको टाउको, गाला र खुट्टामा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

अटो चालक फरार रहेकाे र उनकी खोजी भइरहेको प्रहरीले जनाएको छ।

जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। जीपमा सवार तीनै जना सकुशल रहेकाे जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.