निवर्तमान मेयर विपीनलाई तीनदिने अल्टिमेटम

dream cafe
learnar

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले अमरगढी नगरपालिकाका निवर्तमान मेयर विशेश्वरप्रसाद ओझा ‘विपीन’ लाई तीनदिने अल्टिमेटम दिएको छ।

ओझाले सामाजिक संजाल फेसबुकमार्फत डडेल्धुराका पत्रकारमाथि लगाएको आरोपको तीनदिनभित्र प्रमाण पेश गर्न तीनदिने अल्टिमेटम दिएको हो।

बोहरा मेडिको सेन्टर

महासंघले आज एक विज्ञप्ती जारी डडेल्धुराको पत्रकारितामाथि लगाएको आरोपप्रति आपत्ति जनाउँदै उनलाई तीन दिनभित्र प्रमाणसहित स्पष्टीकरण माग गर्ने निर्णय सार्वजनिक गरेको हो।

अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव भीमबहादुर खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा तोकिएको समयभित्र तथ्य–प्रमाण पेस नगरेमा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।

महासंघले सदस्य नभएका, सदस्यता निलम्बन गरिएकाहरू वा सदस्य बन्न अयोग्य ठहरिएका पत्रकारहरुको गतिविधिप्रति आफू जवाफदेही नहुने पनि स्पष्ट पारेको छ।

GBL NEW

निवर्तमान मेयर ओझाले संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालबारे प्रकाशित समाचारलाई लिएर सामाजिक सञ्जालमा तथ्यहिन आरोप लगाएका छन्।

पूर्व मेयर ओझाले आफ्नो स्टाटसमा केही पत्रकार र सरोकारवालामाथि स्वार्थसहितको संलग्नताको आरोप लगाउँदै व्यक्तिगत लाभ, करार तथा ठेक्कासम्बन्धी लालसा, व्यापारिक स्वार्थ र पारिवारिक रोजगारीको दबाबका कारण अनावश्यक विवाद सिर्जना हुने गरेको उल्लेख गरेका छन्।

यसैबीच, पछिल्लो समय डडेल्धुरा अस्पतालसम्बन्धी समाचार र छलफललाई लिएर सामाजिक सञ्जालमा भइरहेका अनावश्यक टिप्पणी र पत्रकारितामाथि लक्षित आरोपप्रतिको विरोध गर्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आपत्ति जनाएको छ।

महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा विश्वसनीय, मर्यादित र उत्तरदायी पत्रकारिताको संरक्षण महासंघको पहिलो दायित्व रहेको उल्लेख गर्दै व्यवसायीक पत्रकारितामाथि नियोजित ढंगले गरिएका टिप्पणी, धम्की र तेजोवध हुने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले पत्रकारिता पेशाको आडमा अराजक गतिविधि, आचारसंहिता विपरीतका काम र व्यक्तिगत स्वार्थसहित हुने गैरपेशागत क्रियाकलाप स्वीकार्य नहुने स्पष्ट पारेको छ।

यस्ता कार्यमा संलग्न जो कोहीविरुद्ध विधि–विधानअनुसार कडा कारबाही अघि बढाइने प्रतिबद्धता समेत जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.