
डडेल्धुरा : आगामी प्रतिनिधि सभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोविन्द खडायतको नाम सिफारिस गरेको छ।
जिल्ला कार्यसमिति डडेल्धुराले सर्वसम्मत खडायतको नाम सिफारिस गरेको हो।


राप्रपाको संसदिय समितिको मंसिर २८ गतेको परिपत्र अनुसार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट प्रत्यक्षतर्फ खडायतको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार समानुपातिकतर्फ रामचन्द्र चटौत र अनिता देवी थापाको नाम सिफारिस गरिएको छ।
खडायत अमरगढी नगरपालिका- २ सोल्परी निवासी हुन्। उनी स्वर्गीय मन्त्री लालबहादुर खडायतका भतिजा हुन्।


