
डडेल्धुरा: गन्यापधुरा गाउँपालिकाको आयोजनामा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा भुवनेश्वरी नमूना माध्यमिक विद्यालय, जैसेराले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
गाउँपालिकास्तरीय प्रतियोगितामा ७ वटा विद्यालय सहभागी थिए।


प्रतियोगिताको उद्घाटन गन्याप देवताका धामी जयराज भट्टले परम्परागत विधिअनुसार गरेेका थिए।
पदक तालिकाअनुसार भुवनेश्वरी मावि जैसेराले ८ स्वर्ण, ४ रजत र ९ कास्य गरी कुल २१ पदक जित्दै पहिलो स्थान हासिल गर्यो।
गणेश माध्यमिक विद्यालय, बडालले ८ स्वर्ण, ४ रजत र ८ कास्य गरी २० पदकसहित द्वितीय स्थानमा रह्यो भने जनता माध्यमिक विद्यालय, सकायलले ७ स्वर्ण, ७ रजत र २ कास्य गरी १६ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ।
त्यस्तै, सरस्वती माध्यमिक विद्यालय, भातकाँडाले ३ स्वर्ण, १२ रजत र ३ कास्य गरी १८ पदक, असिग्राम मावि, रुवाखोलाले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक, सृजना इङ्लिस बोर्डिङ स्कुलले १ स्वर्ण, २ रजत र ६ कास्य गरी ९ पदक र सितारामा माध्यमिक विद्यालय, रेलले १ स्वर्ण र २ कास्य गरी ३ पदक हासिल गरेका छन्।



