बोहरा मेडिको सेन्टर

रास्वपाले सुदूरपश्चिममा समानुपातिक उम्मेदवार छनोटका लागि दीपकसहित यी नेतालाई खटायो

dream cafe
learnar

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फ उम्मेदवार छनोट प्रक्रिया सुदूरपश्चिम प्रदेशमा अघि बढाएको छ।

पार्टी सचिवालयले समानुपातिक तर्फका आवेदकहरूसँग प्रदेशस्तरीय छलफल गर्ने निर्णय गरेको छ।

CNA
GBL NEW

सुदूरपश्चिम प्रदेशका लागि दीपकराज बोहरा, ध्रुव गिरी र प्रकाश बिष्टलाई जिम्मेवारी दिइएको छ।

यी नेताहरूले समानुपातिक उम्मेदवारहरूसँग छलफल गर्दै प्रक्रियालाई सहजीकरण गर्नेछन्।

साथै, पार्टीले समानुपातिकतर्फ आवेदन दिएका उम्मेदवारहरूलाई प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गते दिनको ५ बजेसम्म थप शुल्क नलाग्ने व्यवस्था गरेको छ।

स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वयका लागि सुदूरपश्चिममा समेत स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गर्ने निर्णय सचिवालयले लिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.