बझाङमा खेल मैदानमै हाकिमको नियत खुल्यो, भ्रष्टाचारको दुर्गन्ध !

dream cafe
learnar

बझाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार बझाङको बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जना जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बोहरा मेडिको सेन्टर
GBL NEW

बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँग मिली खेल मैदान निर्माण गर्दा रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बित्थडचिर गाउँपालिकाकै तत्कालीन सबइन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी, वडा नं. १ स्थित बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी छन्।

अनुसन्धानमा उनीहरूले मिलेमतोमा १४ लाख ६६ हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ।

सो मुद्दामा उनीहरूसँग अख्तियारले १४ लाख ६६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.