राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा मतदान स्थल तोकियो, कहाँ ?

dream cafe
learnar

धनगढी : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल तोकेको छ।

आयोगको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको मतदान स्थल कैलालीको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा रहनेछ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सुदूरपश्चिमका लागि तोकिएको मतदान स्थलमा दुई वटा मतदान केन्द्र रहने व्यवस्था गरिएको छ।

त्यसमध्ये मतदान केन्द्र ‘क’ प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखका लागि तोकिएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.