डडेल्धुरामा देउवाको विकल्प बन्लान् त सुशील भट्ट ?

dream cafe
learnar

डडेल्धुरा : जेन्जी आन्दोलनपछिको राजनीतिक परिवेशमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्तुलित, परिपक्व र जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्दै आएका छन्।

पार्टी नेतृत्वदेखि आम निर्वाचनसम्मका सन्दर्भमा देउवाले आवश्यक परे त्याग गर्न सक्ने क्षमता र इतिहास बोकेको नेताका रूपमा आफूलाई स्थापित गरिसकेका छन्।

Bohora madico

यही सन्दर्भमा डडेल्धुरामा देउवापछिको विकल्प को भन्ने बहस तीव्र बन्दै गएको छ। स्थानीय राजनीतिक वृत्तमा हाल दुई नाम बढी चर्चामा छन्।

एकातर्फ देउवाका भतिजा तथा स्वकीय सचिव भानु देउवा छन् भने अर्कोतर्फ राष्ट्रियस्तरमा नीतिनिर्माण, विकास र लगानी क्षेत्रमा परिचित व्यक्तित्व सुशील भट्ट छन्।

भानु देउवालाई अघि सार्दा परिवारवादको आरोप लाग्ने सम्भावना रहने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

कांग्रेसभित्रै पनि उत्तराधिकारी चयन गर्दा वंश वा नाताभन्दा क्षमता, अनुभव र सार्वजनिक स्वीकार्यतालाई आधार बनाइनुपर्ने आवाज उठ्न थालेको छ।

यही कारण सुशील भट्टजस्तो बौद्धिक, गैर–विवादित र राष्ट्रिय अनुभव बोकेको व्यक्तित्वलाई अघि सार्न सके देउवाको राजनीतिक उचाइ अझै बढ्ने विश्लेषण भइरहेको छ।

सुशील भट्ट नेपालका नीतिनिर्माता, विकास तथा लगानी क्षेत्रका विज्ञ र पूर्व उच्च सरकारी अधिकारी हुन्।

उनले नेपाल सरकारअन्तर्गतको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै ऊर्जा, जलविद्युत्, पूर्वाधार, पर्यटन तथा यातायात क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

HARDIK AGRo NEw

यसअघि उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहँदै दीर्घकालीन विकास नीति र कार्यक्रम निर्माणमा संलग्न थिए।

२० वर्षभन्दा बढी समयदेखि विकास, सार्वजनिक–निजी साझेदारी, पूर्वाधार परियोजना र नीतिगत सुधारमा सक्रिय भट्टले ठूला राष्ट्रिय परियोजनाहरूको योजना, समन्वय र कार्यान्वयनमा प्रत्यक्ष अनुभव सँगालेका छन्।

उनी दिगो आर्थिक विकास र लगानीमैत्री वातावरण निर्माणका पक्षधरका रूपमा चिनिन्छन्।

शैक्षिक रूपमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेका भट्ट काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्यापनसँग पनि आबद्ध छन्।

योगदानको कदरस्वरूप नेपाल सरकारले उनलाई प्रबल जनसेवा श्री पदकसमेत प्रदान गरेको छ।

भट्टको देउवा परिवारसँग पारिवारिक सम्बन्ध रहेको बताइन्छ।

२०७४ को नेकपा सरकारमा उनी राष्ट्रिय योजना आयोगको सदस्य बन्दा उनलाई कम्युनिस्ट निकट भनेर चिनिन्थ्यो।

तर, भट्टबारे अर्को कोणबाट आलोचना पनि उठ्ने गरेको छ। उनी डडेल्धुराका जनतासँग प्रत्यक्ष रूपमा घुलमिल नभएको, स्थानीय राजनीतिक संघर्षमा कम देखिएको र सांगठनिक आधार कमजोर रहेको भनाइ कतिपयको छ।

डडेल्धुराजस्तो जिल्लामा जहाँ व्यक्तिसँगको भावनात्मक सम्बन्ध, निरन्तर उपस्थिति र स्थानीय मुद्दाप्रतिको प्रतिबद्धता निर्णायक हुन्छ, त्यस्ता पक्ष चुनौती बन्न सक्ने देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कम्युनिस्ट दलहरूको बलियो सांगठनिक संरचनासँग प्रतिस्पर्धा गर्दै डडेल्धुरामा कांग्रेसको जित सुनिश्चित गर्न देउवा स्वयं उम्मेदवार नबन्ने हो भने चुनौती बढ्न सक्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.