बेलडाँडीकि उपाध्यक्ष नाथले हुँदै नभएको घर देखाएर बैंकबाट लिइन् ऋण, अख्तियारको नजर

dream cafe
learnar

कञ्चनपुर : बेलडाँडी गाउँपालिका–२ मा नक्कली घर नक्सा तयार गरी बैंकबाट ऋण लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित चार जनामाथि विशेष अदालतमा मुद्दा दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ।

अख्तियारले नापीका कागजात र फिल्ड निरीक्षणमा पक्का संरचना नभएको दाबी गर्दै नक्सा पास प्रक्रियालाई नै फर्जी ठहर गरेको हो।

बोहरा मेडिको सेन्टर

तर, उता गाउँपालिका उपाध्यक्ष शान्ती नाथले भने घटनाको मूल जरा ‘कित्तानम्बरको त्रुटि’ भएको दाबी गरेपछि दुई पक्षको कथन एकअर्कासँग ठोक्किएको छ।

GBL NEW

अख्तियारका अनुसार ३५७ नम्बर कित्तामा कुनै पक्की घर नभए पनि तेही जग्गामा तीनतले पक्की घर भएको देखाउँदै नक्सा पास गरिएको थियो।

सोही आधारमा सञ्चालक शान्ती नाथ र लक्ष्मी सनाईज बैंकबाट २०७८ र २०७९ मा गरी ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको बताइएको छ।

यसबारे उपाध्यक्ष नाथको भिन्नै दाबी छ उनले तीन तले घर त बनेको हो, तर कित्ता नम्बर १५७ मा, नक्सा दर्ता गर्दा गल्तीले ३५७ राखिएको बताएकी छन्।

ऋणसमेत चुक्ता गरिसक्दा आफूविरुद्ध षडयन्त्रपूर्वक मुद्दा चलाइएको बताउँदै उनले स्थानीय तहमै विवरण सच्याउन निवेदन दिएको तर आन्तरिक दबाबका कारण कारबाही रोकिएको आरोपसमेत लगाइन्।

एकातिर अख्तियारले नापी कार्यालय र समानान्तर फील्ड रिपोर्टमा ‘कुनै संरचना छैन’ भनेर स्पष्ट प्रमाण देखाएको दाबी गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद जोशी, सब–इन्जिनियर जय कुँवर, असिस्टेण्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी नाथलाई एकआपसमा मिलेर भ्रष्टाचार गरेको आरोप लगाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.