अजयमेरु–५ देवलदिव्यपुरमा टोकरी, ढकिया र चकटी निर्माण सीप विकास तालिम सुरु

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका–५ मा टोकरी, ढकिया र चकटी निर्माण सम्बन्धी सीप विकास तालिम सुरु भएको छ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरमा स्थानीय महिलामाझ उद्यमशीलता र आत्मरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मंगलबारदेखि टोकरी, ढकिया र चकटी निर्माण सम्बन्धी सीप विकास तालिम सुरु गरिएको छ।

बोहरा मेडिको सेन्टर

तालिम अजयमेरु गाउँपालिका–५ नं. वडा कार्यालय देवलदिव्यपुर र एकिकृत विकास समाज डडेलधुराको संयुक्त आयोजनामा सुरू भएको हो।

GBL NEW

वडाध्यक्ष राजबहादुर पालका अनुसार तालिम १५ दिनसम्म चल्नेछ। तालिममा १८ देखि ४० वर्ष उमेर समूहका १५ जना महिलाको सहभागीता रहेको छ।

उनले स्थानीय कच्चा पदार्थको उपयोग गर्दै घरमै उत्पादन गर्न सकिने सीप सिकाउनुपर्ने आवश्यकता देखिएपछि तालिम सञ्चालन गरिएको अध्यक्ष पालको भनाइ हो।

तालिममा सहभागी महिलाले मकैको खोस्टा, बाबियो, बेत, बाँस लगायत स्थानीय स्रोत–साधन प्रयोग गरी उपयोगी घरेलु सामग्री बनाउने तरिका सिकिरहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.