बोहरा मेडिको सेन्टर

मेयरको प्रशंसामा डकुमेन्ट्री बनाएर दश लाख झ्वाम !

dream cafe
learnar

रौतहट: रौतहटको कटहरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह भ्रष्टाचारमा तानिएका छन्।

डकुमेन्ट्रीका नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा उनीसहित सात जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

CNA
GBL NEW

मुद्दा चलाइएकामा तत्कालिन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौं राम नरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदारहरु कौशलकिशोर चौधरी, छोटेलाल मिश्र र सरिता फाउण्डेशनकी निर्देशक सरिताकुमारी साह छन्।

नगरपालिकाको आर्थिक वर्ष २०७७–०७८ को नगरसभाबाट बजेट नै स्वीकृत नगराई सरिता फाउण्डेशनको नाममा पाँच लाखको चेक काटेर मिलेमतोमा हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

त्यसउपर अनुसन्धान गर्दा उनीहरूले आपसी मिलेमतोमा झण्डै दश लाख रुपैयाँ खर्चिएर चेतनामूलक सन्देशका नाममा नगर प्रमुखको गुणगान देखिनेगरी डकुमेन्ट्री बनाएको तर प्रशारण गरेको नपाइएको अख्तियारले जनाएको छ।

डकुमेन्ट्रीका नाममा सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.