डडेल्धुरामा तीन दिने बीउ उत्पादन तथा व्यवस्थापन तालिम सुरु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा बीउ उत्पादन तथा व्यवस्थापन तालिम सुरु भएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको हलमा सञ्चालन भइरहेको तीन दिने तालिम बीउ–विजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुर, बिउ–विजन प्रयोगशाला कञ्चनपुरको समन्वयमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले आयोजना गरेको हो।

Amargadhi Education

तालिमपछि परीक्षा लिइने र ४० पूर्णाङ्क ल्याएर पास भएका किसान तथा व्यवसायीलाई मात्र प्रमाणपत्र दिइने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले जनाएको छ।

डडेल्धुरामा आलुसहित खाद्यबालीको ठूलो मात्रामा बीउ उत्पादन हुँदै आए पनि गुणस्तर प्रमाणीकरण नहुँदा कानुनले तोकेको प्रक्रिया पूरा नभएको किसान र व्यवसायीहरूको गुनासो छ।

अजयमेरु फाैजी केरा

व्यवहारिक रूपमा प्रविधिकको रहोबरमा मात्रै बीउ बिक्री हुँदै आएको भएकोले अब व्यवस्थित प्रणालीमा ल्याउन तालिम सुरु गरिएको कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका कार्यालय प्रमुख, वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतले बताए।

उनका अनुसार कानुनअनुसार कुनै पनि बीउ बिक्री गर्न प्रमाणीकरण ट्याग, गुणस्तर प्रमाणीकरण र तालिम प्राप्त व्यवसायीको प्रमाणपत्र अनिवार्य हुन्छ। बीउ खरिद–बिक्रीमा गुणस्तर हेर्ने, बिउ मृत वा जीवित हुने अवस्था पहिचान गर्ने, प्रमाणीकरण प्रक्रिया र कानुनी दायित्वबारे तालिममा सहभागीलाई विस्तृत जानकारी दिइँदै छ।

बिगतका वर्षहरूमा डडेल्धुराबाट ठूलो मात्रामा आलुको बिउ निर्यात हुँदै आए पनि प्रमाणीकरण नहुँदा जोखिमपूर्ण रूपमा बिक्री भइरहेको बीउ–विजन प्रयोगशाला कञ्चनपुरका कृषि अधिकृत तथा निरीक्षक दिपकराज ओझाले बताए।

उनले अब प्रमाणीकरण बिनाको बीउ ‘मरिसकेको’ मानिने र कानुनी कारबाहीसम्मको जोखिम रहने जानकारी दिए।

प्रमाणीकरण लागू भएपछि डडेल्धुराको आलु तथा अन्य खाद्यबालीको बीउ व्यवस्थित रूपमा अभिलेख, परीक्षण र पहिचानसहित बजारमा बिक्री हुने, किसान व्यावसायीकरणतर्फ उन्मुख हुने तथा अव्यवस्थित बिक्री वितरण अन्त्य हुने अपेक्षा गरिएको छ।

गत वर्ष डडेल्धुरामा १ हजार २२२ हेक्टर क्षेत्रफलमा बर्खे र हिउँदे गरी दुई सिजनमा लगाइएको आलुखेतीबाट ७१ करोड रुपैयाँभन्दा बढी मूल्यको उत्पादन भएको तथ्यांक राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुरासँग छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.