डडेल्धुराका बिष्टसहित २७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो ।

भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।

अजयमेरु फाैजी केरा

आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।

उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ।

सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ। यदि सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.