बोहरा मेडिको सेन्टर

डडेल्धुरामा जेसीज सप्ताह विविध कार्यक्रमका साथ समापन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा जेसीज २०२५ को जेसीज सप्ताह विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्तिक १९ गते बुधबारदेखि सुरु भएको सप्ताह २५ गते मंगलबार समापन भएको हो।

CNA
GBL NEW

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा लाग्ने देहिँजातमा खानेपानी वितरण गरेर सुरु भएको जेसीज सप्ताहमा यस वर्ष उग्रतारा मन्दिर परिसरमा सरसफाइ, वक्तृत्वकला प्रतियोगिता, ब्याट्मिन्टन प्रतियोगिता, लागूऔषध दुर्वयसन सम्बन्धित जनचेतनामूलक कार्यक्रम, नि:शुल्क आँखा जाँच शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

जेसीज सप्ताहको अन्तिम दिन मंगलबार रातो गुँरास रिसोर्टमा एक औपचारीक कार्यक्रममा पुरस्कार वितरण समारोह र समापन कार्यक्रम गरी सप्ताहको अन्त्य भएको हो।

जेसीज डडेल्धुरा २०२५ का अध्यक्ष मोहनबहादुर देउवाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाायका डिन डा. हेमनाथ जोशी रहेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.