बोहरा मेडिको सेन्टर

रास्वपाका घरबेटी भरतमणीले छाडे पार्टी

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय रहेको घरधनीले पार्टी छाडेका छन्।

रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका डा. भरतमणी देवकोटाले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन्।

CNA
GBL NEW

उनले सभापति रवि लामिछानेको आग्रहमा आफूले आयोग प्रमुखबाट राजीनामा दिएको तर पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी नदिएको उल्लेख गरेका छन्।

‘रवि सरको मलाई फरक भूमिकामा संलग्न गराउने केही योजना थियो। मैले रवि सरसँग यस विषयमा छलफल गरेँ र नयाँ ‘शासन आयोग’का लागि केही टीओआर (कार्यविवरण) तयार पारेँ, जुन कहिल्यै साकार हुन सकेन’, देवकोटाले राजीनामापत्रमा भनेका छन्, ‘महिनौंको प्रयासपछि पनि मैले पार्टीमा कुनै ठाउँ पाइनँ। पार्टी नेतृत्वले मलाई यदि पार्टीमा कुनै ठाउँ चाहन्छु भने महाधिवेशनमार्फत् आउन प्रतिक्रिया दियो। यो स्थितिले मलाई अब म पार्टीका लागि उपयोगी छैन भन्ने बुझ्न प्रेरित गर्‍यो।’

यद्यपि, उनले आफू स्वेच्छाले अवकाश लिएको बताएका छन्।

केही समय पहिले उनले पार्टी कार्यालय समेत अन्यत्र सार्न भनेको समाचार सार्वजनिक भएको थियो। रास्वपाले घरभाडा समेत नतिरेको भनिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.