जेन–जी आन्दोलनमा ज्यान गुमाएका यी हुन् सुदूरपश्चिमका सात शहीद

dream cafe
learnar

डडेल्धुरा : सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका ती व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

GBL NEW

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार गृह मन्त्रालय र सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि पहिलो चरणमा ४५ जनालाई शहीद घोषणा गरिएको हो।

तीमध्ये सुदूरपश्चिम प्रदेशका सात जना पनि रहेका छन्।

धनगढी–५ कैलालीका गौरव जोशी, खप्तडछान्ना–७ बझाङका सुभाष कुमार बोहरा, दुर्गाथली–१ बझाङका भिमराज धामी, दशरथचन्द–६ बैतडीका निरज पन्त, शिवनाथ–२ बैतडीका दीपकसिंह साउद, स्वामिकार्तिक खापर–२ बाजुराका ओझन बुढा र लेकाम–३ दार्चुलाका उत्तम थापा शहीद घोषणा भएका हुन्।

जेन–जी आन्दोलनका क्रममा विभिन्न ठाउँमा प्रदर्शन, झडप र गोलीप्रयोगका कारण दर्जनौं युवाले ज्यान गुमाएका थिए। तीमध्ये सुदूरपश्चिमका सात जना पनि आन्दोलनकै क्रममा सहादत प्राप्त गर्नेहरूको सूचीमा परेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.