बैतडीमा शिवनाथ मेलाबाट फर्किँदै गरेको जिप दुर्घटना, एकै परिवारका एकको मृत्यु चार घाइते

dream cafe
learnar

डडेल्धुरा :  बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मेलौली–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति करिब ११ बजे से १ ज ७३२ नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो।

Amargadhi Education

दुर्घटनामा मेलौली नगरपालिका–२ दुर्गास्थानकी २४ वर्षीया तुलसी पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

अजयमेरु फाैजी केरा

गम्भीर घाइते तुलसी पाण्डेयको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडू, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका छोरा ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय घाइते भएका छन्।

चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका हुन्। प्रहरीका अनुसार जिप सडकबाट करिब १० मिटर तल खसेको थियो।

चालक बडूको टाउकोमा चोट लागेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

जिप आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.