बोहरा मेडिको सेन्टर

डडेल्धुरामा बजेट रोक्का, निर्माण व्यवसायी संघले बोलायो सर्वपक्षीय भेला

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा सञ्चालनमा रहेका विकास निर्माण योजनामा बजेट रोकिँदै गएको भन्दै लोकतान्त्रिक निर्माण व्यवसायी संघ, डडेल्धुराले सर्वपक्षीय भेला बोलाउने निर्णय गरेको छ।

संघका अध्यक्ष दुर्लभ सिंह झुकालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

CNA
GBL NEW

चालु आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय तथा प्रदेश सरकारबाट विनियोजित विभिन्न विकास निर्माण योजना बोलपत्र प्रकाशित भई मूल्याङ्कन प्रक्रियामा रहे पनि हाल रोकिएका प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

बैठकले बजेट रोक्का सम्बन्धी समस्याबारे सरोकारवाला निकाय, जनप्रतिनिधि तथा निर्माण व्यवसायीहरूबीच आवश्यक छलफल र साझा रणनीति तय गर्न कात्तिक १८ गते बिहान ११ बजे निर्माण व्यवसायी संघ, डडेल्धुराको सभाहलमा सर्वपक्षीय भेला आयोजना गर्ने निर्णय गरेको हो।

संघका अनुसार उक्त भेलाले जिल्लाभित्रका अवरुद्ध विकास आयोजनाहरू छिटो सुचारु गराउने उपाय र दबाबमूलक कार्यक्रमका बारे अन्तिम निर्णय गर्ने तयारी गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.