कैलालीका क्रिकेटर भण्डारी प्रहरी हत्या आरोपमा जेल चलान

dream cafe
learnar

धनगढी : २४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्या अभियोगमा पक्राउ परेका अनुपम भण्डारी जेल चलान भएका छन्।

कैलालीको लम्किचुहा नगरपालिका–४ घर भई कोटेश्वर बस्ने १९ वर्षीय भण्डारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो।

GBL NEW

मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका भण्डारीले प्रहरी हत्या गरेको अभियोग बयानमै स्वीकार गरेका छन्।

उनले भनेका छन्, ‘प्रहरी कार्यालय जलिरहेको थियो। केही प्रहरीहरू घरको छतमा हाम फाल्दै भाग्दै थिए। म पनि लखेट्दै गएको हुँ। पछि नियन्त्रणमा लिइएका एक प्रहरीलाई कुटपिट गर्दै चक्कुले प्रहार गर्दा उनको पाखुरामा चोट लागेको हो।’

भण्डारीका अनुसार, त्यसपछि अन्य आन्दोलनकारीहरूले बाथरुममा राखी ढोका लगाएर सहायक हवल्दार गुरुङलाई पेट्रोल बम हानी जलाउने प्रयास गरेका थिए।

उनीहरूले अर्का प्रहरी मनीषसिंह ठगुन्नामाथि पनि आक्रमण गरेका थिए।

भण्डारीले आफू बैंगलोरमा दुई हप्ता क्रिकेट तालिम लिएर फर्किएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा अभ्यासरत रहेको बताएका छन्।

प्रहरीले उनलाई १३ असोजमा कैलालीबाट पक्राउ गरेको थियो। मृतक गुरुङकी श्रीमती र घाइते ठगुन्नाले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.