

धनगढीः डडेल्धुराका प्रकाश साउँद खैरो हेरोइनसहित पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय साँउद कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

उनको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


