डीएसपी चन्दसहितको टोली पुरस्कृत, पक्राउ गरेका थिए गौरव चक्कु हान्ने ‘गोब्रा सरकार’ ग्याङ

dream cafe
learnar

धनगढी :  जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा भएको हतियार प्रहार घटनामा उत्कृष्ट सक्रियता देखाउने प्रहरी टोलीलाई पुरस्कृत गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित आठजना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो।

GBL NEW

डडेल्धुराका गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने समूहका सदस्यहरू भारततर्फ भागिसकेको अवस्थामा पक्राउ गरी ल्याएपछि उक्त टोलीलाई पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई रेकर्डमा दर्ता हुने गरी नगदसहित पुरस्कृत गरिएको बताइएको छ।

इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ‘गोब्रा सरकार’का नाममा परिचित सन्नी भनिने भीम नेपालीसहितका १२ जनालाई भारतीय सीमावर्ती बजारबाट पक्राउ गरेको थियो।

पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.