बोहरा मेडिको सेन्टर

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

dream cafe
learnar

कञ्चनपुर : यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन्।

उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न री चिटिक्क पार्ने कार्यमा जुटेका हु्न ।

CNA

वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए।

GBL NEW

“साझा प्रयास र सहकार्यले मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ। त्यसैले दसैँका बेला साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपश्चात् यस कार्यमा जुटेका हौँ”, उनले भने।

वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगनको कार्य गरिएको र यस कार्यलाई दसैँपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए। उनले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए।

अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन्। युवाहरुले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन्।

शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैँमा समाजका लागि अनुकरणीय कार्य गरेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.