बोहरा मेडिको सेन्टर

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

dream cafe
learnar

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

GBL NEW

बोर्डका अनुसार ५९ हजार ६९३ जना भने अनुत्तीर्ण भएका छन्। पूरक परीक्षा गत साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।

CNA

गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गर्ने वा अनुपस्थित हुने विद्यार्थीलाई दोस्रो अवसरस्वरूप पूरक परीक्षा दिन सुविधा प्रदान गरिएको थियो।

बोर्डले यस परीक्षाबाट विद्यार्थीलाई शैक्षिक यात्रा निरन्तरता दिन अवसर प्राप्त भएको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.