बोहरा मेडिको सेन्टर

नेकपा एसले माओवादीसँग एकताको लागि बनायो वार्ता टोली

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता वार्ता गर्न वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन्।

अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँग एकताका लागि सैद्धान्तिक आधार तय गरिएको उल्लेख छ।

CNA
Bohora ma 1

पार्टी एकताका आधारमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरी समाजवादी चरणमा प्रवेश गरेको मान्ने र नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ।

मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद, सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने जनाइएको छ । साथै, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्ने कार्यदिशा अपनाइने छ।

यसैबीच, माओवादी केन्द्रको बैठकले पनि समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता पहल गर्ने निर्णय गरेको छ। दुवै पार्टीले एकताको प्रयासलाई तीव्र बनाएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.