बोहरा मेडिको सेन्टर

बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

dream cafe
learnar

बझाङ: बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४, शिरमातोलामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

GBL NEW

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा २० वर्षीया साबित्रा शाह रहेकी छिन्। प्रहरीका अनुसार, शाह घर नजिकैको धारामा पानी भर्न जाने क्रममा उक्त घटना घटेको हो।

CNA

विद्युतको पोलबाट स्थानीय रूपमा तानिएको तार चुँडिएको अवस्थामा रहेको र सोही तारबाट करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको खबर पाए लगत्तै स्थानीय प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.