बोहरा मेडिको सेन्टर

डडेल्धुरामा रेविजबिरुद्धको खोप निःशुल्क

dream cafe
learnar

डडेल्धुरा : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले कुकुरलाई रेविजबिरुद्धको  खोप निःशुल्क लगाइरहेको छ। १८औं विश्व रेविज दिवस २०८२ को ‘रेविज सप्ताह’ अवसरमा रेविजबिरुद्धको निशुल्क खोप लगाइरहेको हो।

देशभरझै डडेल्धुरामा पनि असोज ६ गतेदेखि १२ गतेसम्म रेविज सप्ताह सञ्चालनमा रहेको छ।

CNA

मंगलबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजना र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय डडेल्धुराको सह–आयोजनामा रेविज विरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको हो।

GBL NEW

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टले रेविजबिरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

 उनले घरपालुवा कुकुरलाई रेविजबिरुद्धको खोप लगाउन सबैलाई आग्रह समेत गरे।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मात्रै गरेर नपुग्ने भन्दै उनले सातवटै स्थानीय तहले रेविजबिरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका डाक्टर सुशन ढकालले नेपालमा मानिस र घरपालुवा जनावरमा रेविज रोग बढ्दै गइरहेको जानकारी दिए।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सुरक्षित तरिकाले कुकुर पाल्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले एक जनाले मात्रै लागेर नहुने भन्दै सबैले लाग्नुपर्ने बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.