बैतडीका धीरेन्द्र चन्दसहित दुई जना प्रहरी चौकीमा आगजनी आरोपमा पक्राउ

dream cafe
learnar

डडेल्धुरा : बैतडीको मलौली नगरपालिका–९ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २४ वर्षीय धीरेन्द्र चन्द प्रहरी चौकीमा आगजनी तथा लुटपाट आरोपमा पक्राउ परेका छन्।

उनीसँगै सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ पनि पक्राउ परेकी छन्।

GBL NEW

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उनीहरूले भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थान प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका थिए।

आगजनीपछि चौकीमा रहेका प्रहरी बर्दी, हतियार र खाद्यान्न लुटेर ती बर्दी लगाएर प्रदर्शनसमेत गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.