डडेल्धुराको डाँडावनमा खुला भलिबल प्रतियोगिता, प्रथम पुरस्कार कति ?

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडावनमा ‘स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ।

महाशिवरात्रि पर्वको अवसरमा नवदुर्गा युवा सञ्जाल डाँडावनको आयोजना तथा नवदुर्गा गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

Ird
HARDIK AGRo NEw

भलिबल प्रतियोगिता यही फागनु २३ गतेदेखि २५ गतेसम्म डाँडावनस्थित शिव मन्दिर नजिक प्राङ्गणमा आयोजना हुने खेलकुद संयोजक मानबहादुर विकले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रथम हुने टिमले ८८ हजार ८८८, द्वितीयले ४४ हजार ४४४ र र तृतीयले २२ हजार २२२ रुपैयाँ पाउने खेलकुद संयोजक विकले बताए।

विजेतालाई शिल्ड, मेडल, प्रमाणपत्र र विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ३ हजार तोकिएको छ। फागुन २२ गते साँझसम्म टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ।

टिममा खेलाडीहरू एउटै स्थानीय तहको हनुपर्ने र एउटा स्थानीय तहबाट जतिसुकै टिम पनि दर्ता गर्न मिल्ने खेलकुद संयोजक विकले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.