बोहरा मेडिको सेन्टर

घुसपैठकै कारण देउवा दम्पतीमाथि आक्रमण भएको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

dream cafe
learnar

धनगढी : नेपाल कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतन्त्र विरोधी तत्वको घुसपैठका कारण भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ।

दलको बैठकले दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ। मुख्यमन्त्रीसमेत रहेका दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको बैठकले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

CNA
GBL NEW

साथै सरकारलाई एकता, पुनर्निर्माण र जिम्मेवार कदम चाल्न आग्रह गरिएको छ।

बैठकले भाद्र २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका नागरिक, प्रहरी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ भने घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यस्तै, देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको छ।

बैठकले जेन–जी र युवाले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण तथा भ्रष्टाचारविरुद्धका उचित मागलाई सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ। साथै वर्तमान परिस्थितिलाई गम्भीर ठहर गर्दै सबैलाई एकजुट भई पुनःनिर्माणमा जुट्न अपिल गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.