जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ

dream cafe
learnar

काठमाडौँ : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १५ लाख दिने भएको छ।

HARDIK AGRo NEw

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

Bohora madico

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.