डडेल्धुरामा राज्यमन्त्री खड्काको घर तोडफोड, फेसबुकमार्फत सार्वजनिक गरिन् पीडा

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको निजी घर जेन–जी आन्दोलनकारीहरूले तोडफोड गरे पश्चात् उनले फेसबुक मार्फत पीडा पोखेकी छन्।

मन्त्री खड्काले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै आफ्ना पीडा र अनुभव सार्वजनिक गरेकी हुन्।

बोहरा मेडिको सेन्टर

उनले लेखेकी छन्, ‘मेरो निजी घर, जुन मेरो मात्र नभई मेरो श्रीमान् र परिवारकै सपना थियो, लामो समयसम्म कष्ट गरी, जागिर गरेर र ऋण लिएर बनाइएको थियो। तर त्यो घर आज तोडफोड भयो। बस्ने ठाउँ नै रहेन। मेरो परिवार सडकमा पुगेको छ।’

मन्त्री खड्काले आफूले जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट पार्दै समाज र जनताको हितका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएकी छन्।

GBL NEW

उनले भनिन्, ‘म स्वयंले पनि धेरै दुःख–पीडा भोग्दै आएको मान्छे हुँ। त्यसैले मेरा आवाजहरू समाजकै हितका लागि निरन्तर उठिरहनेछन्। यद्यपि यो पीडाका बीचमा पनि, म तपाईंहरू सबैका सपना पूरा होस् भन्ने कामना गर्दछु।’

खड्काले डडेल्धुरामा एक्लै लक्षित भएर आफ्नो घर तोडफोड भएको गुनासो पनि गरेकी छन्।

‘मैले कहिल्यै कसैसँग रिसिबी गरेको थिइनँ, तर दुर्भाग्यवश डडेल्धुरा जिल्लाभरि मेरो मात्र घर तोडफोड भएको छ,’ उनले फेसबुकमा लेखेकी छन्।

उनले लेखेकी छन् :

सम्पूर्ण आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्कार।
म हिजोदेखि नै सामाजिक काममा महिलाहरू र युवाहरूको पक्षमा आवाज उठाउँदै आएको छु। जनताको नाममा मैले कहिल्यै पनि कुनै भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको छैन, र भविष्यमा गर्ने पनि छैन। समाज, गरिबी र पीडाप्रति म सधैं सचेत छु।
म स्वयंले पनि धेरै दुःख–पीडा भोग्दै आएको मान्छे हुँ। त्यसैले मेरा आवाजहरू समाजकै हितका लागि निरन्तर उठिरहनेछन्।
तर आज म अत्यन्तै दुःखी छु। मेरो निजी घर, जुन मेरो मात्र नभई मेरो श्रीमान् र परिवारकै सपना थियो, लामो समयसम्म कष्ट गरी, जागिर गरेर र ऋण लिएर बनाइएको थियो। तर त्यो घर आज तोडफोड भयो। बस्ने ठाउँ नै रहेन। मेरो परिवार सडकमा पुगेको छ।
यद्यपि यो पीडाका बीचमा पनि, म तपाईंहरू सबैका सपना पूरा होस् भन्ने कामना गर्दछु।
मैले कहिल्यै कसैसँग रिसिबी गरेको थिइनँ, र गर्दिन पनि। तर दुर्भाग्यवश, डडेल्धुरा जिल्लाभरि मेरो मात्र घर तोडफोड भएको छ।
म दुखी भए पनि युवाको चाहना पूरा होस् भन्ने मेरो हार्दिक शुभकामना छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.