सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न नेपाली सेनाकाे अनुराेध

dream cafe
learnar

डडेल्धुरा : नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको बताएको छ।

सार्वजनिक अनुरोधमार्फ्त सेनाले नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको जनाएको छ।

Ird
HARDIK AGRo NEw

जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतक प्रति श्रद्धातञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र सहानुभूति सँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ’, सेनाले भनेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.