बालेनले भने : अब जेन्जी पुस्ताले देशको नेतृत्व गर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार रहनु

learnar

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन्।

Ghatal Sta

उनले अब जेन्जी  पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन्।

Ird

बालेनले लेखेका छन् :

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.