टिकटकमा ‘एक्स्पोज नेपो किड’ ट्रेन्ड, सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शनको तयारी

dream cafe
learnar

काठमाडौं : सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सर्वसाधरणमा आक्रोश बढाइरहेका बेला सामाजिक सञ्जालमा नेताका सन्तानको आलिसान जीवनशैली बाहिर ल्याउने अभियान चलेको छ।

विभिन्न युवाहले भ्रष्टाचारले सीमा नाघेको भन्दै यस्तो अभियान थालेका हुन्। पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज नेपो किड’ ट्रेन्ड तीव्र रूपमा फैलिएको छ ।

Bohora madico

खासगरी सामाजिक सञ्जाल टिकटकमा नेताहरुका सन्तानको महंगो र आलिसान जीवनशैली ‘एक्सपोज’ गर्दै उनीहरुले जनताको कर दुरुपयोग गरेको भनेर अभियान थालिएको छ।

HARDIK AGRo NEw

पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रहरी प्रमुख लगायतका सन्तानको जीवनशैलीमाथि पनि प्रश्न गरिएको छ।

यसमा कलाकार तथा कन्टेट क्रियटरहरुले पनि साथ दिइरहेका छन्। यही समूहले सोमबार सामाजिक सञ्जालमाथि नियन्त्रण र भ्रष्टाचारको विरोधमा काठमाडौंमा प्रदर्शनको लागि आह्वान गरेका छन्।

माइतीघर र बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शनको तयारी उनीहरुको छ। नेताहरुको भ्रष्टाचारका कारण आफुहरुको भविष्य बर्बाद भएको भन्दै ‘जेनजी’ पुस्ताले यस्तो अभियान थालेको हो।

उपत्यका बाहिरका जिल्लामा पनि सोही दिन सिडिओ कार्यालय अगाडि प्रदर्शनको तयारी भइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.