बोहरा मेडिको सेन्टर

अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन सुदूरपश्चिम रोयल्सबाट एनपीएल खल्ने

dream cafe
learnar

धनगढी : दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा अस्ट्रेलियन चर्चित ब्याट्सम्यान क्रिस लिनले प्रतिस्पर्धा गर्ने भएका छन्।

एनपिएलको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि अस्ट्रेलियन ब्याट्सम्यान क्रिसलाई पहिलो विदेशी खेलाडीमा आबद्ध गरेको हो।

CNA

क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी–२० आईमा दुई सय ९१ रन बनाएका छन्। उनी विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध छन्।

क्रिसले समग्रमा सबै खाले टी–२० खेलमा पाँच शतक बनाएका छन्। उनले दुई सय ९३ टी–२० खेलमा आठ हजार तीन सय ५५ रन बनाएका छन्।

GBL NEW

उनको आइपिएल, बिबिएल र सिपिएलमा चर्चित क्रिकेट लिगको अनुभव छ। क्रिसले अस्ट्रेलियाको बिग बासमा एक सय २७ खेलमा तीन हजार नौ सय ५५ रन बनाएका छन्।

उनले टी–२० खेलमा दुई सय २० छक्का प्रहार गरेका छन्। क्रिसले टी–२० क्रिकेटमा ५५ वटा अर्धशतक पनि प्रहार गरेका छन्। उनी बिग बास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन्।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले अस्ट्रेलियन खेलाडी भिœयाउने योजना सफल भएको बताए।

‘बिग बास लिगमा प्रतिष्ठा कमाएका अस्ट्रेलियन खेलाडीलाई भित्राउने योजना हामीले पहिलो संस्करणदेखि बनाएका थियौँ । अहिले क्रिस लिनलाई भिœयाउन पाउँदा निकै खुसी लागेको छ,’ शाहले भने, ‘उनको आगमनले नेपाल प्रिमियर लिगको प्रतिष्ठा पनि बढाउनेछ।’

क्रिस लिनले पनि एनपिएल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.