बोहरा मेडिको सेन्टर

अलितालमा शिव मूर्ति राख्ने प्रयासमा विवाद : मूर्तिकार र अध्यक्षबीच ‘टकराव’

dream cafe
learnar

डडेल्धुरा : धार्मिक र पर्यटन महत्व बोकेको डडेल्धुराको आलितालमा राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगरले शिवजीको विशाल मूर्ति राख्ने तयारीसँगै विवाद चर्किएको छ।

करिब ५५ लाख रुपैयाँ बराबरको मूर्ति आफ्नै लगानीमा स्थापना गर्न लागेका पुनलाई गाउँपालिकाले पूर्व–समन्वय नगरी काम अघि बढाएको भन्दै रोकेको हो।

CNA

आफूलाई विभिन्न बहानामा योजनाबद्ध रूपमा अवरोध गरिएको दाबी पुनले गरेका छन्।

उनले खोलाबाट ढुंगा, गिट्टी निकाल्न नदिइएको, पोथ्रा रुख हटाउँदा मुद्दा हाल्ने धम्की दिइएको, यहाँसम्म कि धर्म प्रचारको आरोपमा जेल पठाउने षड्यन्त्र गरिएको सम्ममको आरोप लगाएका छन्।

‘जन्मथलोको पर्यटन प्रवर्द्धन गर्न निःस्वार्थ भावनाले मूर्ति राख्न खोज्दा अध्यक्षले फोनमै मूर्ति नराख भन्दै धम्की दिनुभयो। समन्वय गर्नुको साटो घेराबन्दी गरियो, सम्मानको सट्टा अपमान भयो,’ उनले भने, ‘मैले सम्बन्धित वडामा समन्वय गरेको थिए।’

उनले अवरोध जारी रह्यो भने मूर्ति फिर्ता लैजाने तयारी गरेका छन्। हाल मूर्ति घुम्तीमै राखिएको छ।

पालिका अध्यक्ष शेरसिंह पार्की भने मूर्ति राख्न नदिएको भन्ने आरोप अस्वीकार गर्छन्।

GBL NEW

उनका अनुसार श्रावण २४ गते मात्र अन्य स्रोतबाट मूर्ति ल्याएको जानकारी पाएपछि महेन्द्र पुन र हरिलाल थापालाई बोलाएर छलफल गरिएको बताउँछन्।

’मूर्ति राख्न मिल्छ, तर धार्मिक ताल भएकाले कहाँ राख्ने भन्ने विषयमा स्थानीय, पुजारी, धामी, धार्मिक अगुवा र पालिकासँग समन्वय हुनुपर्छ,’ उनले भने, ’मैले पनि उहाँ (महेन्द्र) लाई त्यहीँ भनेकाे थिए। तर, अफवाह फैलाए।’

उनले फेसबुकमा तथ्यविहीन कुरा लेखेर पुनले पालिकाबारे गलत प्रचार गरेको दाबी गरे।

पार्कीले महालेखाको प्रतिवेदनको सन्दर्भ पनि जोड्दै भने, ‘महालेखाले दिएको सुझावलाई भ्रष्टाचार भन्नु गलत हो। त्यस्तो हो भने देशभर १४ खर्ब बेरुजु छ।’

उनले पुनलाई धार्मिक कार्यका नाममा प्रचारबाजी गरेको आरोप पनि लगाए।

उनी भन्छन्, ‘आसमैजी देवताको धार्मिक ताल भएकाले त्यहाँको संवेदनशीलता बुझ्नुपर्ने र संरचना राख्दा सावधानी अपनाउनुपर्ने हुन्छ।’

यसअघि पनि पुनले आलितालकै स्यालचौडी मन्दिरमा १५ फिट अग्लो शिवजीको मूर्ति राख्दा विवाद भएको अध्यक्ष पार्कीले स्मरण गरे।

पालिकाले  आलितालमा डुङ्गा सञ्चालन र पार्क निर्माणलाई प्राथमिकता दिएको छ, जसका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.