बोहरा मेडिको सेन्टर

डडेल्धुरासहित ३० भन्दा बढी जिल्लाका डिएसपीको सरुवा तयारी

dream cafe
learnar

काठमाडौं : बढुवा भएको साता बितिसक्दा पनि नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन टुंगिन सकेको छैन। पदस्थापनसँगै सरुवा पनि गर्नुपर्ने भएकाले निर्णयमा ढिलाइ भएको हो।

GBL NEW

स्रोतका अनुसार गृह मन्त्रालयको हस्तक्षेपका कारण सरुवा–पदस्थापन प्रक्रिया अस्वाभाविक रूपमा ढिलो भएको हो। यसपटकको सरुवा सूचीमा डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठ पनि परेका छन्।

CNA

डडेल्धुरासहित मुगुका सरोज गिरी, मुस्ताङका सूर्यबहादुर बोगटी, पर्वतका रविन विष्ट, भोजपुरका युवराज तिमल्सिना, बैतडीका मकेन्द्रकुमार मिश्र, खोटाङका प्रतीक विष्ट, दार्चुलाका प्रकाश दाहाल, प्युठानका दीपेश बस्याल, संखुवासभाका दक्षकुमार बस्नेत, कालीकोटका टेकबहादुर राउत, तेह्रथुमकी चिनिमाया तामाङ, अर्घाखाँचीका चक्रबहादुर मल्ल र पाँचथरका कौशलकुमार बुढाथोकी पनि सरुवाको तयारीमा छन्।

प्रहरी महानिरीक्षक दिपक थापाले कार्यक्षमताका आधारमा सूची बनाए पनि गृह मन्त्रालयले नेता र बिचौलियाको सिफारिसमार्फत हस्तक्षेप गरेको बताइन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.