बोहरा मेडिको सेन्टर

कञ्चनपुरकी सम्झनाको रहस्यमय मृत्यु, पाँच महिनाअघि गरेकी थिइन् प्रेम विवाह

dream cafe
learnar

कञ्चनपुर :  कञ्चनपुरको बेलडाँडी गाउँपालिका -२ सिंहपालमा १७ वर्षीया सम्झना भट्ट रहस्यमय अवस्थामा मृत फेला परेकी छन्।

आइतबार साँझ आफ्नै घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

CNA

गत फागुन महिनामा सम्झना र पवन भट्टबिच प्रेम विवाह भएको थियो।

GBL NEW

शव फेला परेपछि माइती पक्षले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन्।

घटनाको अनुसन्धानका लागि प्रहरीले उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको छ।

सम्झनाको शरीरमा ठूला चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउ चोटहरू रहेको प्रहरीले जनाएको छ।

घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.