डीएसपी दाहालको कमाण्डमा रहेको दार्चुला प्रहरी सुदूरपश्चिममा ‘सर्वोत्कृष्ट’

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय दार्चुला सर्वोत्कृष्ट बनेको छ।

गत आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालयको रूपमा दार्चुला सर्वोत्कृष्ट घोषित भएको हो।

Ird

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लामाथि अग्रता जमाउँदै उत्कृष्टताको उपाधि हात पार्‍यो।

HARDIK AGRo NEw

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मका कार्य सम्पादन विवरण प्रस्तुत गरेका थिए।

कार्यसम्पादन सम्झौताअनुसार प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा बढी लक्ष्य हासिल गर्दै उच्चतम अंक प्राप्त गरेको पुष्टि भएको छ।

उक्त उपलब्धिपछि जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ घोषणा गरिएको हो।

कार्यक्रममा डीआईजी बिकले दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहाललाई प्रशंसा–पत्र प्रदान गर्दै बधाई ज्ञापन गरे।

उनले दाहालको नेतृत्वमा दार्चुला प्रहरीले देखाएको प्रतिबद्धता, शिस्त, सेवा प्रभावकारिता र जनमैत्री कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.